सरकारले श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गर्ने, औपचारीक निर्णय भने बाँकी
३० फागुन, काठमाडौं ।
वैदेशिक रोजगारीका लागि जानेहरुलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने तयारी सरकारले गरेको छ । यद्यपि यसबारे औपचारीक निर्णय भने हुन बाँकी छ ।
कोरोना भाइरसलाई कारण देखाउदै सरकारले यस्तो निर्णय गर्ने तयारी गरेको बताएको छ ।
विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई विश्व महामारीको घोषणा गर्दै यसलाई खेलाचीँ नलिन भनेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपनि निर्णय भने भएको छैन ।
विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टि्फिकेट नदिने निर्णय सरकारले गरेको छ ।
प्रतिकृया दिनुहोस्