January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रधानमन्त्री ओलीले गरे अस्पतालबाटै प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत

प्रधानमन्त्री ओलीले गरे अस्पतालबाटै प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत

फागुन, ३० काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको ट्वीटलाई नेपालका प्रधानमन्त्री ओलीले अस्पताल सैय्याबाटै स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् आव्हान गरेका थिए ।
ओलीले लेखेका छन् ’प्रधानमन्त्री मोदीद्वारा व्यक्त उन्नत विचारको म स्वागत गर्दछु, मेरो सरकार आफ्ना नागरिकलाई यस घातक बिमारीबाट बचाउनका लागि सार्क सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ,’।

Advertisement

२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएर स्वास्थ्यलाभ गरिरहेका छन्।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गरेका थिए ।
मोदी सरकारले यसअघि सार्कलाई खासै प्राथमिकता दिने गरेको थिएन, यतिबेला मोदीले सार्क सम्झनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Advertisement

शुक्रबार सम्म भारतमा कोरोना भाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ । दक्षिण एसियाली क्षेत्रका ८ मुलुक मध्ये नेपालमा अहिले सम्म कोरोना १ जनामा देखिएको थियो । भाइरस संक्रमित ती व्यक्ति निको भइसकेका छन् । भुटानमा पनि अमेरिका बाट आएका एक जनामा कोरोना भाइरस देखिएको छ ।


पाकिस्तानमा २० जना, माल्दिभ्समा ८ जना , श्रीलंकामा २ जना, बंगलादेशमा ३ जना कोरोना संक्रमित भेटिएका छन् भने अफगानिस्तानमा ७ जनामा संक्रमण देखिएको छ ।