January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

भारतमा कोरोना भाइरसबाट थप एकको मृत्यु, ८२ जना संक्रमित

०१ चैत, काठमाण्डौ ।
कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार भारतको राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले कोभिड १९ को संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण ती महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । उनी यसअघि मधुमेह र उक्त रक्तचापकी बिरामी समेत रहेको जनाइएको छ ।
मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ ।
कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो । उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ । जसमा ८ जनामा नयाँ संक्रमण देखिएको हो ।

Advertisement