January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

साम्पडोरियाका ४ खेलाडीसहित डाक्टरलाई नै कोरोनाको संक्रमण

साम्पडोरियाका ४ खेलाडीसहित डाक्टरलाई नै कोरोनाको संक्रमण

०१ चैत, काठमाण्डौ ।
इटालियन क्लब साम्पडोरियाले सिनियर टोलीका ४ खेलाडीसहित क्लबका डाक्टरलाई (कोविड(१९) कोरोना भाइरस पोजिटिभ देखिएको बताएको छ ।
सरी ‘ए’को टोली साम्पडोरियाले शुक्रबार राति एक विज्ञप्ती जारी गर्दै खेलाडीद्वय ओमार कोले, अल्बिन एक्डाल, एन्टोनियो ला गुमिना, मोर्टेन थ्रोस्बी तथा फिजियो एमेडियो बाल्डारीलाई भाइरस संक्रमण भएको पुष्टि गरेको हो।
यसअघि युभेन्टसका ड्यानियल रुगानीलाई युरोपेली फुटबल खेलाडीमै पहिलो पटक भाइरसको संक्रमण देखिएको कुरा बाहिर आएको थियो
शुक्रबारदेखि इङ्लिस प्रिमियर लिग, फ्रेन्च लिगवान र बुन्डेसलिगासहित युरोपका शीर्ष ५ लिग नै कम्तिमा अप्रिलको पहिलो हप्तासम्मका लागि स्थगित भइसकेका छन्।

Advertisement