सडकमै सुनको औँठी लिएर विवाह प्रस्ताव
०१ चैत, काठमाडौं ।
भनिन्छ प्रेम अन्धो हुन्छ । चाहे त्यो एकतर्फि होस वा दुई तर्फि । कोही कोही प्रेमलाई उमेरले छेक्दैन भन्छन् त कोहि एकै नजरमा प्रेम हुन्छ पनि भन्छन् । अमेरिकन मोडल केन्डल जेनर हालै यस्तै अप्ठ्यारो स्थितिमा परेकी छिन् । हालै मात्र उनलाई सडकको बिचमा एक प्रेमीले विवाहको प्रस्ताव गरेको खबर बाहिरिएको छ त्यो पनि सुनको औँठीको साथमा ।
केन्डलले बाटोमा कार हाँकिरहेको बेलामा हाँकिरहेको कार रोक्न एक युवक त्यहाँ आईपुगे । युवक उनका शुभचिन्तक थिए । यतिकैमा ति युवकले केन्डललाई विवाहको प्रस्ताव राखे । त्यो दृश्य देखेर केन्डल केही बोल्न सकिनन् । मात्र मुस्कुराईरहिन् ।
केहि समय पछि सामान्य अवस्थामा आएर केन्डलले ति युवकसंग कुराकानी गरिन् । युवकले विवाहको प्रस्ताव गरेको उक्त भिडियो यतिबेला सामाजिक संन्जालमा भाईरल भएको छ । भिडियोमा आफुलाई मन परेको कलाकारसंग कुराकानी गर्न पाउदा युवक खुसी देखिएका छन् ।
प्रेम प्राप्तिको लागि मानिस कुनै कुरामा पछि हट्दैन भनेझै ति युवक सुनको औंठी लिएर त्यहाँ पुगेका थिए । तर केन्डलले ति युवकको प्रस्तावलाई अस्वीकार गरेपनि युवकको बारेमा खुलेर तारिफ गरेकी थिईन् ।
प्रतिकृया दिनुहोस्