April 30, 2025, Wednesday
[nepali_today_date]

स्पेन र फ्रान्समा पनि आपतकाल घोषणा

०२ चैत, काठमाडौं ।

Advertisement

कोरोना भाइरस प्रकोप बढेपछि स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेको छ ।  कोरोना भाइरसको संक्रमण रोकथामका लागि भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्था घोषणा गरेको हो ।  

Advertisement

आपतकाल घोषणा सँगै, अत्यावश्यक वस्तुहरु औषधि र खाद्यन्न लिन बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमणबाट इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ ।   फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट ९१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले विश्वब्यापी महामारीको घोषणा गरेको कोरोना भाइरसबाट इटाली बढी प्रभावित बनेको छ । इटालीमा १४४० जनाको मृत्यु भइसकेको छ । डब्लुएचओले इटालीलाई कोरोना संक्रमणको समेत केन्द्रविन्दु बनेको घोषणा गरेको छ ।