अमेरिकामा आज ४५ व्यक्तिमा कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
३ चैत, काठमाडौं ।
चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको अमेरिकाले उत्पादन गरेकाे खोप आज अमेरिकामा परीक्षण हुँदैछ ।
एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन्। समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो। एजेन्सी
प्रतिकृया दिनुहोस्