January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

भारतमा रोजगारी गुम्ने त्रासमा नेपाली

भारतमा रोजगारी गुम्ने त्रासमा नेपाली

चैत्र ४, काठमाडौँ ।
विश्वभर फैलिएको कोरोना भाईरसका कारण भारतका विभिन्न सहरमा होटल , रेष्टुरेन्टको व्यवसाय घटेपछी रोजगारको शिलशिलामा भारत पुगेका नेपालीहरु आफनो रोजगार गुम्ने त्रासमा रहेका छन् । सोमबार साँझसम्म भारतमा १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतको हवाई उडामा अहिले अन्तर्राष्ट्रिय उडानमा ७५ प्रतिशत र आन्तरिक हवाई उडानमा २० प्रतिशतको कमी आएको छ । जसको प्रत्यक्ष असर होटल तथा रेष्टुरेन्टमा पर्ने गरेको छ । होटलका बुकिङ खारेज भएका छन् , भने कतिपय बुकिङ होटलहरुको मिती पछि सारीएको छ ।
भारतको होटल , रेष्टुरेन्टमा तथा कलकारखानामा काम गर्ने मध्ये ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जसका कारण भारतमा रहेका हजारौ नेपाली कामदार प्रभावित हुने अनुमान गरीएको छ ।
सुदूर र मध्यपश्चिम पहाडबाट भारत काम गर्न आउने नेपालीमध्ये प्रायः होटल र रेस्टुराँमा काम गर्ने गर्दछन् । विशेषगरी गोवा, मुम्बई, दिल्ली, जयपुर, सिमला, चण्डीगढलगायत पर्यटकीय सहरमा नेपाली कामदारको उपस्थिति ठुलो रहेको छ ।
अरू समयमा दिनहुँ डेढ सयभन्दा बढी पर्यटक आउने , दिनकै ठुला तीन–चार पाटी अुने होटलमा अहिले मुस्किलले चार पाँच जना मात्र आउने गरेका छन् ।
दिल्लीमा पाँचतारे होटल देखी सडकपेटीमा चाइनिज ढावा सम्ममा हजारौ नेपाली कामदारको बाक्लो उपस्थित रहेको छ । दिल्लमिा करीब ९० प्रतिशतले पर्यटकको
आगमन घटेको छ ।
भारत सरकारले अप्रिल १५ सम्मका लागि सबै विदेशीहरूको भिसा रद्द गरिसकेको छ । त्यसमाथि नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको महाराष्ट्रमा कोभिड–१९ को प्रकोप अन्य राज्यको तुलनामा बढी छ । त्यहाँ सबैभन्दा बढी ३७ जनामा भाइरस पुष्टि भएको छ ।

Advertisement