January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कोरोना भाइरस बाट फुटबल कोचको निधन

कोरोना भाइरस बाट फुटबल कोचको निधन

४ चैत्र, काठमाण्डौ ।
विश्वभर फैलिएको कोरोना भाईरस बाट २१ वर्षीय स्पेनिस फुटबल कोचको मृत्यु भएकोे छ । उनी कोरोना भाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरका पिडितमध्ये एक हुन् ।
मालागा क्लब एटलेटिको पोर्टाडा अल्टामा युवा टोलीका प्रशिक्षक रहेका फ्रान्सिस्को गार्सिया भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना गरिएपछि उनलाई क्यान्सर समेत भएको फेला परेको थियो ।
गार्सिया कोरोना भाइरस र निमोनिया बाट मात्र पिडित नभई लिउकेमिया बाट पनि पिडित थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव धरै क्षेत्रमा देखिएको छ । एजेन्सी

Advertisement