January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

भारतमा कोरोना बाट बच्न भन्दै गाईको गोबर र गहुँत ८०० रूपैयाँमा बिक्री हुदैँ

भारतमा कोरोना बाट बच्न भन्दै गाईको गोबर र गहुँत ८०० रूपैयाँमा बिक्री हुदैँ

०४ चैत, काठमाण्डौ ।
संसारभर फैलिरहेको कोरोना संक्रमण रोक्ने भन्दै अनेक भ्रम फैलिएका छन् । कहीँ यसबाट बच्न रक्सी सेवन गरेका त कहीँ नुनपानी शरिरमा छर्कने, पिरो खाने आदी । तर यो सबै भ्रम मात्र रहेको विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनबाट पुष्टी भइसकेको छ । त्यसका बाबजुद मानिसहरु मर्ने त्रासले अनेक अनेक उपाय रचीरहेका छन् । यसले मानिस मृत्यु सँग कति डराउदो रहेछ प्रष्ट पारेको छ ।


भारतमा भर्खरै यस्तै समाचार बाहिर आएको छ । भारतको पश्चिम बंगाल आसपास क्षेत्रमा कोरोना भाइरस फैलिएसँगै गाईको गोबर र गहुँत ८०० रूपैयाँ किलो्लिटरमा बेचिएको छ। त्यहाँका डेरीमा गाईको गोबर तथा गहुँत किन्न जानेको संख्यामा उल्लेख्य बृद्दी हुन थालेको छ ।


भारतको राजधानी दिल्लीमै तीन दिनअघि हिन्दू अभियन्ताहरूले गहुँतले कोरोना संक्रमणबाट बचाउने भन्दै गहुँत पिउने कार्यक्रम गरेका थिए । अखिल भारतीय हिन्दू महासभाका सदस्यहरूले कोरोना भाइरस रोक्नका लागि ‘गोमुत्र’ (गाईको गहुँत) पार्टी आयोजना गरेका थिए ।

Advertisement