कोरोनाले भित्र्यायो सामाजिक असरः ‘डिभोर्स’का घटना बढ्न थाले
०४ चैत, काठमाण्डौ ।
संसारभर फैलिरहेको कोरोना संक्रमणका कारण संसारभर अर्थतन्त्रमा जटिलता भित्रीएकोलगायतका अनेक समस्या त हामीले बारम्बार सुन्दै आइरहेकै छौ । कोरोनाकै कारण सामाजिक असर समेत देखिन थालेको छ । कोरोनाकै कारण अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्रा्ष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्यामा उल्लेखय बृद्दी भएको छ । उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् ।
चिनियाँ मिडियाका अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेकोले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो । फलस्वरुप डिभोर्स बढेको हो ।
प्रतिकृया दिनुहोस्