April 30, 2025, Wednesday
[nepali_today_date]

कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वीएसियातर्फ बढ्ने खतराः डब्ल्यूएचओले दियो कडा चेतावनी

कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वीएसियातर्फ बढ्ने खतराः  डब्ल्यूएचओले दियो कडा चेतावनी

५ चैत, काठमाण्डौ ।

Advertisement

कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले नेपालसहित  दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ ।

Advertisement

दक्षिण पूर्वीएसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने कडा चेतावनी विश्व स्वास्थ्य संगठनले जारी गरेकाे हाे। 

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनेकी छन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउनु पर्छ ।’

कोभिड–१९ को संक्रमण केही क्षेत्रमा तीव्र गतिमा बिस्तार भएको देखिएको र अहिले निगरानी गरिएको भए पनि थप बिस्तार हुन नदिनका लागि राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘हामीले स्पष्ट रुपमा धेरै काम तत्काल गर्नु पर्ने देखिएको छ।’

डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ।

तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन्।

यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ।

नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो, तर उनी उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन्।