कोरोना प्रकोपः इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण
चैत्र ५, काठमाडौँ ।
चीनको वुहान बाट फैलिएको कोरोना भाईरसका कारण इटालीमा मृत्यु हुनेको संख्या २५ सय भन्दा बढी पुगेको छ भने, अमेरीकाको ५० वटै राज्यमा कारोना भाईरस फैलिसकेको छ ।अहिले सम्म विश्वका १६० देशमा यो भाइरस फैलिसकेको छ ।
बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमण बाट ३१ हजार ५ सय ६ जना प्रभावित बनेका छन् भने मृत्यु हुनेको संख्या ३ हजार २ सय ३७ पुगेको छ । त्यस्तै इटालीमा निको हुनेको संख्या २ हजार ९ सय ४१ पुगेको छ ।
बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सय २६ पुगेको छ । निको हुनेको संख्या १ हजार २८ पुगेको छ ।
वेस्ट भर्जिनिया राज्यले मंगलबार पहिलो संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए ।
बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १ सय १५ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ६ हजार ५ सय १५ पुगेको छ । अमेरीकामा निको हुनेको संख्या १ सय ५ पुगेको छ ।
आज १० बजे सम्ममा विश्वभर कोरोना भाइरस बाट १ लाख ९८ हजार ५ सय ४३ मानिस संक्रमित बनेका छन् भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भईसकेको छ । संक्रमित मध्ये ८२ हजार ७ सय ७९ जना निको भइसकेका छन् ।
निको हुनेहरुमा चिनियाँ सबै भन्दा ६९ हजार ६ सय १४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् ।
यसैबिच, कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले नेपालसहित दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । दक्षिण पूर्वीएसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने कडा चेतावनी विश्व स्वास्थ्य संगठनले जारी गरेकाे हाे।
प्रतिकृया दिनुहोस्