January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

२ महिला पर्यटक वेपत्ता

२ महिला पर्यटक वेपत्ता

चैत्र ५, काठमाडौँ

अन्नपुर्ण क्षेत्रको पदयात्राका क्रममा नेदरल्याण्डकी दुई पर्यटक सोमबार देखि वेपत्ता भएका छन्।  मडेलेइन वन डेर पिर्क र अल्गा स्प्रोन्केन वेपत्ता भएको ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपालले जनाएको छ। उनिहरु फागुन २६ मा पदयात्रामा हिडेका थिए । थोरोङला पास देखि जोमसोम जाने क्रममा वेपत्ता भएका दुवै जना सोमबार देखि सम्पर्क विहिन बनेका हुन्। टानले एजेन्सी र ट्रेकिङ गाइडहरुलाई सहयोगका लागि अनुरोध समेत गरेको छ।

Advertisement