January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

इटालीमा सरकारी नियम अवज्ञा गर्दै घर बाहिर निस्किएका ८ हजार नागरिक जेल चलान

०६ चैत्र, काठमाण्डौ ।
इटालीमा क्वारेनटाइनबाट बाहिर निस्किएका ८ हजार नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले सरकारले तय गरेको निषेधाज्ञा तोडेका थिए । इटालियन सरकारले पक्राउ परेका नागरिकलाई तिन महिनाका लागि जेल चलान गर्ने भएको छ ।

Advertisement


इटालीमा सरकारले नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरबाट बाहिर ननिस्किन र अतिआवाश्यक परे सरकारलाई जानकारी गराएर मात्र बाहिर निस्किन भनेको छ ।

Advertisement


पक्राउ परेका सबैले सरकारको यो निर्देशनको अवज्ञा गरेका थिए ।


चिन पछिको दोस्रो कोरोना संक्रमित हुने देश इटालीमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७१३ जना संक्रमित भएका छन् भने २ हजार ९७८ जनाको मृत्यु भैसकेको छ । बुधबार मात्रै इटालीमा कोरोनाका कारण ४७५ जनाको मृत्यु भएको छ ।