January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

पेरिसमा आयोजना हुने फ्रेन्च ओपन स्थगित

पेरिसमा आयोजना हुने फ्रेन्च ओपन स्थगित

चैत ६, काठमाडौं ।
आगामी मे २४ देखि जुन ७ तारिखसम्म पेरिसमा आयोजना हुने भनिएको ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन स्थगित गरिएको छ ।

Advertisement


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरको संक्रमणका कारण उक्त प्रतियोगिता स्थगित गरिएको हो । आयोजकले फ्रान्सेली सरकारको कोभिड–१९ लाई रोक्ने कडा कदम चालिहरेकाले प्रतियोगिता तयारीलाई निरन्तरता दिन असम्भव भएको जनाएको छ ।

Advertisement


विश्वचर्चित चार ग्रान्डस्लाम प्रतियोगितामध्येको फ्रेन्च ओपन एक हो ।


नयाँ घोषित मितिअनुसार अब फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुनेछ । आगामी अगस्त २४ देखि सेप्टेम्बर १३ तारिखसम्म आयोजना हुने ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन सकिएको एक सातापछि नै फ्रेन्च ओपन सुरु हुनेछ ।


कोरोना भाइरसकै त्रासका कारण अन्तर्रा्ष्ट्रिय टेनिसका सम्पूर्ण प्रतियोगिताहरू अप्रिल २० तारिखसम्मका लागि यसअघि नै स्थगित गरिसकिएको छ ।