January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

पहिलोपटक कोरोना सङ्क्रमित कुकुरको मृत्यु

पहिलोपटक कोरोना सङ्क्रमित कुकुरको मृत्यु

चैत ०६, काठमाडौं । 

Advertisement

विश्वव्यापी महामारी कोरोनाभाइरसको संक्रमणबाट विश्वमै पहिलोपटक एउटा कुकुर मरेको घटना सार्वजनिक भएको छ। हङकङमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित पहिलाे कुकुरको मृत्यु भएको हो।

Advertisement

गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो । 

१७ वर्षको पोमेरेनियन प्रजातिको कुकरकी मालिकलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । 

त्यसपछि कुकुरलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।  आइसोलेसनमा राखिएको कुकुरलाई बुधबार अस्पतालले डिस्चार्ज गरेको थियो। अस्पतालबाट घर लानेबित्तिकै कुकुर मरेको बताइएको छ। 

साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार हङकङ कृषि, मत्स्यपालन तथा संरक्षण विभागका प्रवक्ताले भने, ‘कुकुरकी मालिकमार्फत विभागले गएको १६ मार्चमा कुकुरको मृत्यु भएको थाहा पाएको थियो । कुकुरकी मालिकले मृत्युको कारण थाहा पाउनका लागि पोस्टमार्टम गर्न मानिरहेकी थिइनन् ।’

यो घटना सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनावरबाट मानिसमा कोरोनाभाइरस फैलिएको अहिलेसम्म एउटा पनि घटना सार्वजनिक नभएकोले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। यो भाइरस संक्रमित मानिस कफ, हाँछ्यु गर्दा र सम्पर्कमा रहँदा मात्र सर्ने डब्लूएचओले जनाएको छ।