January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कोरोना आशंका गरिएका बिरामीले अस्पतालमै गरे आत्महत्या

६ चैत्र, काठमाडौँ ।
विश्वभर फैलिएको कोरोनाको आशंकमा अस्पताल भर्ना भएका एक व्यक्तीले दिल्लीको सफदरजंग अस्पताल बाट हाम्फालेर आत्महत्या गरेका छन् ।

Advertisement


आत्महत्या गर्ने ति व्यक्ती पंजाबको शहीद भगतसिंह नगर जिल्लाका ३५ वर्षीय युवक रहेका छन् । उनले अस्पतालको सातौं तलाबाट हाम्फालेर आत्महत्या गरेका हुन् ।

Advertisement


उनी गत एक वर्ष देखी अष्ट्रेलीयाको सिड्नीमा बस्दै आएका थिए ।


मृतकका नमुनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम उपलब्ध नहुदै उनले आत्महत्या गरेका हुन् ।


दिल्लीको इंदिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको उडानमा उडान पछि उनलाई टाउको दुखेको गुनासो गरेका थिए । पछि उनलाई बुधबार राति ९ बजे सफदरजंग अस्पताल लगिएर भर्ना गरिएको थियो । एजेन्सी