January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

चैत ०६, काठमाडौं ।

Advertisement

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार १४९ पुगेको छ। गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले शुक्रबार अपरान्हसम्म नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन् ।

Advertisement

पछिल्लो विवरणअनुसार दुई लाख २२ हजार नौ सय ७३ जना मानिस संक्रमित भएका छन् भने ८५ हजार सात ९१ जना उपचारपछि निको भएर घर फर्केका छन् । 

बिहीबार सबैभन्दा बढी संक्रमण र मृत्यु इरानमा भएको छ। इरानमा १४९ जनाको मृत्यु भएको छ भने १०४६ नयाँ संक्रमित थपिएका छन्। योसँगै इरानमा मृतकको संख्या १२८४ र संक्रमितको संख्या १८ हजार ४ सय ७ पुगेको छ।

यस्तै, इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। बिहीबार इटलीमा संक्रमित र मृतकको संख्या थपिएको छैन।

विश्वभरका एक सय ७६ मुलुकमा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।