२३ प्रतिशतले घट्यो समाज लघुवित्तको नाफा

२३ प्रतिशतले घट्यो समाज लघुवित्तको नाफा

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.५७ प्रतिशतले कम हो। कम्पनीको कर्जा लगानी ७.७७ प्रतिशतले बढे पनि ब्याज आम्दानीमा वृद्धि हुन नसक्दा नाफामा गिरावट आएको हो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर १ करोड ७७ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ। यद्यपि, कम्पनीले सञ्चालन घाटालाई भने उल्लेखनीय रूपमा घटाएको छ। गत वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन घाटा अहिले १ करोड ६ लाख रुपैयाँमा झरेको छ।

हाल समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ छ भने जगेडा कोष बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस त्रैमाससम्म आइपुग्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४८.१८ रुपैयाँ रहेको छ।