मन्त्रीपरिषको आपतकालिन बैंठक, के होला निर्णय ?
१७ कात्तिक २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएपछि नेपाली राजनीतिमा ठूलै खैलाबैला भएको छ । आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको मन्त्रीपरिषद् फेरी बस्न लागेपछि सबैतिर कौतुहलता बढेर गएको छ । अहिले पाँच बजेका लागि बोलाईएको बंैठकका एजेण्डा के हो मन्त्रीहरु समेत बेखबर छन् । बारम्बार विरामी भएर अस्पताल भर्ना भएका ओलीले के लै अप्रत्यासित तरहले प्रधानमन्त्रीको पदै त छोडने होइनन् भन्ने सम्मको चिन्ता मन्त्रीलाई परेको छ ।