प्रतिक्विन्टल रू.२०० ले धानको मूल्य वृद्धिः किसान लाइ राहतको महशुस

प्रतिक्विन्टल रू.२०० ले धानको मूल्य वृद्धिः किसान लाइ राहतको महशुस

१७, मंसिर, २०७६, काठमाण्डौ । सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेसँगै बाँके नेपालगञ्जका किसानहरुको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने घुईचो लागेको छ । सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरु खुसि हँुृदै उत्पादन गरेको धान विक्री गर्न थालेका हुन् ।
किसानहरुले मोटो धानको रू.२ हजार ५३२ र पैसा ८० र मध्यम धानको रू.२ हजार ६७३ र पैसा १६ प्रतिक्विन्टल पाएका छन् । धानको मूल्य चालू आर्थिक बर्ष २०७५र ०७६ को भन्दा रू.२०० बढी हो ।
व्यापारीको तुलनामा भन्दा खाद्यले खरीद गर्ने धानको मूल्य किसानका लागि हितकारी छ, त्यसैले गर्दा धान विक्री गर्न किसानको घुईचो लागेको हो । खाद्यमा दैनिक धान विक्रीका लागि आउने किसानहरुले पालो पर्खनु परीरहेको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरीद गरिरहेको छ । विक्री गर्ने किसानको घुईचो लागेपछि खाद्यका कर्मचारी राती अवेरसम्म वस्ने गरेका छन् ।
चार ओटा काँटाबाट धान तौल गर्ने गरिएको छ । दैनिक २० देखि २५ ट्रयाक्टर र त्यही अनुपातमा अन्य साधनमा धान लिएर किसान आउने गरेका छन् । खाद्यले धान खरीदका लागि तोकेको कोटा पूरा गर्न अझै पुस १५ सम्म समय लाग्ने अनुमान गरेको छ ।