एनआरएए कोरिया शाखाले दियो ४ हजार कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री
चैंत २९, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण संघले जनाएको छ ।
एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको हो ।
दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रकृया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप १ करोड बराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
कोरिया शाखाले दिएको सामग्री मध्ये ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरिनेछ । एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने र टेष्ट गरेको ३ घण्टामै नतिजा दिने सामग्री ल्याइएको संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले जनाकारी दिए ।