बैंक अफ काठमाण्डूद्वारा कर्णाली प्रदेशको कोरोना कोषमा ५ लाख सहयोग
वैशाख ५, वीरेन्द्रनगर ।
बैंक अफ काठमाण्डूले कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा रू.५ लाख सहयोग गरेको छ ।
गत मंगलवार बैंकका सुर्खेत प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उनले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको वताए ।
बैंकका सुर्खेत प्रमुख भण्डारीले बैंकको केन्द्रीय कार्यालयले रू. १ करोड सहयोग गरेको र प्रदेश स्तरमा रू.५ लाख सहयोग गरेको बताए ।