आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइसीएफसीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई प्राइभेट प्लेसमेन्ट हुने छ ।
कम्पनीले ‘९% आइसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ । ऋणपत्र निष्कासनका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।



