चिसो बढेसँगै धरानमा भक्काको बिक्री सुरु

चिसो बढेसँगै धरानमा भक्काको बिक्री सुरु

नेपालका अधिकांश स्थानमा चिसो बढेसँगै व्यापारीहरुले भक्का बेच्न सुरु गरेका छन् । मधेशतिर मात्र पाइने भक्का पछिल्लो समय सबैमाझ लोकप्रिय बनेको छ ।

धरानको हरेक बाटो, गल्लीहरुमा खाजाको रुपमा भक्का खाने मानिसहरुको भिड हुने गर्दछ । काममा जाने आउने मानिसहरूदेखि विद्यार्थीहरूसमेत भक्का खान मन पराउँछन्, नी भन्छिन् त्यसैकारण पनि धरानलगायत तराई क्षेत्रको अधिकाशं गल्लीहरूमा बेचिन्छ ।

जाडो मौसममा धेरैले भक्का मन पराउने भएकोले जाडोमा भक्काको व्यापार राम्रो हुने गरेको छ । पहिले चौधरी समुदायले मात्रै खाने गरेको भक्का अहिले धेरैको रोजाइमा पर्न थालेको छ । भक्का खाजाका रुपमा अत्यन्तै राम्रो भएकोले प्रायः खाजाको रुपमा खाने चलन छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुन्छ ।

पछिल्लो समय भक्का कुनै समुदायको पहिचान झल्काउने खानामात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बन्दै गएको छ ।