३२ लाखको ग्रसमा सीमित ‘जन्ते बाख्रो’, कति दर्शकले हेरे ?

३२ लाखको ग्रसमा सीमित ‘जन्ते बाख्रो’, कति दर्शकले हेरे ?

चलचित्र जन्ते बाख्रो प्रदर्शनको केही समयमै अधिकांश सिनेमा हलबाट हटिसकेको छ। जेठ २३ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शक तान्न नसक्दा छिट्टै हलबाट निकालिएको हो। बक्सअफिस स्रोतका अनुसार, फिल्मले अहिलेसम्म जम्मा ३१ लाख ८८ हजार ९६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सौगात मल्लको प्रमुख भूमिका रहेको यस चलचित्रले हालसम्म १० हजार ५१० दर्शक मात्र हलसम्म ल्याउन सफल भएको छ। सिमोश सुनुवारद्वारा निर्देशित फिल्म सुरुवाती दिनमा केही शो पाउन सफल भए पनि त्यसपछि उल्लेखनीय आम्दानी गर्न सकेन।

सन्तोष गौतमद्वारा निर्मित चलचित्रमा सौगात मल्लसँगै गरिमा शर्मा, आशिफ शाह र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ। प्रदीप भारद्वाजले लेखन गरेको यस फिल्ममा हरि हुमागाईंले छायांकन निर्देशन, उत्तम हुमागाईंले छायांकन र सुनील शिवभक्तिले सम्पादनको जिम्मेवारी सम्हालेका छन्।