पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु
पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयान दिन उनी आफैँ अदालत उपस्थित भएका हुन् ।



