नेपालमा ३० हजारभन्दा बढी एचआइभी संक्रमितको अनुमान

नेपालमा ३० हजारभन्दा बढी एचआइभी संक्रमितको अनुमान

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार मुख्य जोखिम समूहहरूमा मात्रै संक्रमण देखिएको छ। ती समूहमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, लैङ्गिक अल्पसंख्यक, महिला यौनकर्मी, लागुऔषध सुई प्रयोग गर्ने तथा आप्रवासी व्यक्ति समावेश छन्।

संक्रमितमध्ये पुरुषको संख्या महिलाभन्दा बढी रहेको र नयाँ संक्रमणको वार्षिक दर ६१४ रहेको जनाइएको छ। यसैगरी, गर्भवती महिलामाझ २२७ जना एचआइभी संक्रमित छन्। यौन व्यवसायमा संलग्न १ लाख १५ हजार ९ सय १९ जना, पुरुषसँग यौन सम्पर्क गर्ने ७७ हजार ३ सय ४० जना, लैङ्गिक अल्पसंख्यक ३२ हजार ८ सय ९५ जना, जेलमा रहेका २७ हजार ८ सय ३९ जना र लागुऔषध सुई प्रयोग गर्ने ४४ हजार ३ सय ५० जना संक्रमित रहेको तथ्यांक छ।

निःशुल्क परीक्षण सेवा अभाव, सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै गएपछि नेपालले सन् २०३० भित्र एचआइभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती सामना गर्नुपर्ने विज्ञहरूले बताएका छन्।