नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त, अन्यमा को ?
नागरिक लगानी कोषको कार्यकारी दिर्देशकमा पर्वन कुमार कार्की नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रीपरिषद बैंठकले कार्कीलाई कार्यकारी नियुक्ती गरेको हो । त्यस्तै अन्य विभिन्न सस्थामा पनि कार्यकारी नियुक्ती गरेको छ ।मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। बुधबारकै क्याबिनेटले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शर्माले बताइन्। २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय र नियुक्ती यस्ता
1 नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।
४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने ।
५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।