भोकै परेका जनावरका लागि ‘आयंका’ जोडीको साथ

भोकै परेका जनावरका लागि ‘आयंका’ जोडीको साथ

२३ चैत, काठमाण्डौ ।

अहिले देश लकडाउनको दोस्रो हप्तामा छ । अहिलेको विषम् परिस्थितीमा सबै घर घरमा बसेर सरकारको निर्णयको साथ दिइरहेका छन् ।यस्तो समयमा मानिस बाहिर निस्किएका छैनन्। होटल, क्याफे केहि खुल्ला छैनन्।त्यसमा दैनिक ज्याला कमाएर जीविकोपार्जन गर्ने मजदुरहरुसँगै सडकमा रहेका जनावरका लागी निकै गाह्रो भईरहेको अवस्था छ । यसै समस्यालाई ध्यानमा राख्दै  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले जनावरका लागि ‘आयंका फाउन्डेशन’ मार्फत नगद १ लाख सहयोग गरेका छन् ।

एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन् । जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ । 

केही दिन अगाडि मात्र नायिका वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरलाई एक्लै नछाड्न अपिल गरेकी थिइन् ।