चैत ८ लाई तोकिएको चिकित्सकको इजाजत परीक्षा पनि स्थगन
चैत ०६, काठमाडौ ।
कोरोनाको प्रभाव बढदै जाँदा सरकराले मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस पढेका चिकित्सकको इजाजत परीक्षा पनि स्थगन गरेको छ । चैत ८ गते मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस परीक्षको तयारी गरेको थियो । परीक्षामा स्वदेश र विदेशमा पढेका गरी १ हजार ६० परीक्षार्थीले आवेदन दिएका थिए । परीक्षाको भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै काउन्सिलले निध्र्रारित परीक्षा स्थगनको निर्णय गरेको हो ।
देशभर ४ लाख ८३ हजार परीक्षार्थी रहेको माध्यमिक शिक्षा परीक्षा एसइइ चैत ६ गतेबाट हुँद गरेकोमा स्थ्गन भैसकेको छ । विश्वविद्यालयका विभिन्न तहका परीक्षा चैत ७ गतेबाट र कक्षा १२ को वार्षिक परीक्षा वैशाख १२ गतेबाट सञ्चालन कुनेमा त्यो पनि स्थगन भैसकेको छ ।
आफूहरुले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर यो निर्णयमा पुगेको र अन्य निकायले समेत सजगता अपनाउनुपर्ने काउन्सिलको सुझाव छ ।