राष्ट्रियसभा सदस्यको शपथ लिए वामदेव गौतमले
राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराएका हुन् ।
गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार मनोनीत गरेकी थिइन् ।
गत भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लाने सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो।