निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
काठमाडौं । सिंहदरबार र बानेश्वर क्षेत्रलाई निषेधित घोषणा गरिएको ठाउँमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ।
सिंहदरबारभित्र प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले दिएको जानकारी अनुसार, अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको छ र उनीहरूलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।