रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने

रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री सुमाना श्रेष्ठले दिएको राजीनामाबारे केही दिनमा उनीसँगै बसेर छलफल गर्ने भएको छ। श्रेष्ठले गत चैत १८ गते नै पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। पार्टी सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको राजीनामाबारे छलफल भएको थिएन।

गत वैशाख ४ गते पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफू सहमहामन्त्रीको भूमिकाबाट राजीनामा दिएको बताएकी थिइन्। तर त्यसबारे छलफल हुन बाँकी रहेको पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल ९डीपी० ले जानकारी दिए। साथै श्रेष्ठले राजीनामा दिँदा प्रक्रिया पूरा नगरेको पनि अर्यालले बताएका छन्।