पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
बर्खास्त गरिएका पूर्वमन्त्री कान्छाराम तामाङले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सनसनीपूर्ण आरोप लगाएका छन्।
एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्तामा तामाङले प्रधानमन्त्री ओली रवि लामिछानेलाई जेल पठाउने योजनामा प्रत्यक्ष संलग्न रहेको जस्तो आफूलाई लागेको बताएका छन्। उनले ओलीले न्यायाधीशलाई फोन गरेर दबाब दिएको हुनसक्ने आफ्नो धारणा व्यक्त गरेका छन्।
आफूलाई बर्खास्त गरिनुको पछाडि पनि यस्तै राजनीतिक चलखेल रहेको संकेत गर्दै तामाङले लामिछानेविरुद्धको मुद्दालाई न्यायिक प्रक्रियाभन्दा बाहिरको शक्तिले प्रभावित गरिरहेको दाबी गरेका छन्। उनले उक्त कदम राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताएका छन्।