नेपाल स्वास्थ्यकर्मी संघको चुनाबी लहर, भित्र भित्रै एकले अर्कोलाई सिध्याउने खेल
२१ कात्तिक २०७६, काठमाडौ – चर्को असहमति र विवादका कारण अनिनिश्च रहेको नेपाली काङ्गेसको भात्तिसंस्था नेपाल स्वास्थ्यकर्मी संघको (होपोन) ७ औं महाधिवेशन कार्तिक २२ र २३ गते काठमाडौंमा हुने भएको छ । पटक पटकको छलफल र वार्तापछि संघ अधिवेशन गर्ने निर्णयमा पुगेको हो । चुनाब आएसँगै समुह बनाउँदै एकले अर्का पक्षको खेदो खन्न थालिएको छ ।
संघमा असन्तुष्ट पक्षले अध्यक्ष रामजी घिमिरेले संघमा दुवै कार्यकाल मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको आरोप लागाइदै आएको छ । सो समुहले यस अगाडि संगठन झोलामा राखि तानाशाही बनेको भन्दै बैंठकमा नै आपत्ती जनाउँदै आएका छन् । उनि भष्ट्राचारी नेता गोविंद राज जोशी र देऊवा निकट मानिन्छन् । उनले संस्थालाई आफ्नो बसमा राख्नको लागि काठमाडौंमा अनियमित तरिकाले सदस्यता वितरण गरेको आरोप लाग्ने गरेकोछ । काठमाडौका निजी स्वास्थ्यमा हुदै नभएको सगठनबाट पनि नक्कली संघ गठन गरेर अध्यक्ष घिमिरेले एक सय पचास भन्दा बढी फर्जी सदस्य बनाएको आरोप छ ।
पछिल्लो समय मोरङ, भक्तपुर, कालिकोट, पर्वत, जिल्लाको प्रतिनिधि सदर गर्ने गर्ने विषयमा विभाद देखिदा सदस्यता सदर गर्ने सहमति भएपछि संघको अधिवेशन गर्ने टुंगो लागेको हो । अध्यक्ष घिमिरे र उनका समुहले आफुलाई भोट नआउने जिल्लालाई अधिवेशन हुदै छ भनेर खबरै नगरी संघको चुनाब गराउँने प्रयत्न गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेका छन् ।

अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि काठमाडौंमा उपस्थित हुनेछन् । संघमा अहिले १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन् । प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । संघको अध्यक्षमा भ्रष्ट्राचार मुद्दाको आरोप लागेका हालका अध्यक्ष घिमिरे सहित सहअध्यक्ष ओमप्रसाद उपाध्याय चुनावी मैदानमा उत्रने बताइएको छ । घिमिरेको भ्रष्ट्राचार मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । घिमिरेले संघमा रहँदा एक्लौटी ढंगले काम गरेको, पिएसआइको तालिम संघ केन्द्रीय समिति लाई थाहै नदिई आफू र आफुनिकटलाई मात्र लाने गरेको, पिएसआईबाट नेतृत्व विकासको लाई भन्दै डेढ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । उनलाई संघको भन्दा व्यक्तिगत हितमा लागेको आरोप, स्वास्थ्य मन्त्रालय माताहतका बिभिन्न कार्यलय प्रमुख सँग संग चन्दा भन्दै अनियमित रकम असुर गर्दे आफूअनुकुल प्रयोग गरेको आरोप लाग्दै आएको छ । घिमिरेले एउटै नाममा दुईवटा संस्थासमेत दर्ता गरेको फेला परेको छ ।