अस्ट्रेलियामा भीषण आगलागी
२५ कात्तिक २०७६, काठमाण्डौ । अस्ट्रेलियामा गएको तीन दिनयता भीषण आगलागी भइरहेको छ । सो आगलागी न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीमा भएको हो । उक्त आगलागी यतिबेला सिड्नीतर्फ अगाडि बढीरहेको जनाइएको छ ।
बीबीसीका अनुसार आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ ।
१ सय ५० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन ् भने हजारौं मानिसहरु विस्थापित भएका छन् ।
सो आगलागी सँगै अष्ट्रेलियामा यतिबेला आपत्कालिन अवस्थाको घोषणा गरिएको छ ।