दोस्रो पटक ग्रीष्मकालीन ओलम्पिक स्थगित
चैत १२, काठमाडौं ।
एजेन्सी

तेस्रो विश्व युद्धकै झझल्को दिएको कोरोना संक्रमण पछि ग्रीष्मकालीन ओलम्पिक स्थगित हुने भएको छ । टोकियोमा हुने ग्रीष्मकालीन ओलम्पिक १ वर्ष सार्न जापान राजी भएको भएपछि हाललाई यो स्थगित हुने भएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिन १९ का कारण अहिलेकै अवस्थामा ओलम्पिक आयोजनाको अर्थ नहुने भन्दै टोकियो ओलम्पिक २०२० को आयोजक कमिटिले प्रतियोगिता सार्न भएको छ ।
जपानका प्रधानमन्त्री सिन्जो आवेले पत्रकारहरुमाझ अन्तराष्ट्रिय ओलम्पिक कमिटि पनि प्रतियोगिता सार्न सहमत भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नुभयो, ‘मैले प्रतियोगिता १ वर्ष सार्नका लागि प्रस्ताव गरेको थिएँ । त्यसमा आईओसीका प्रमुख थोमस बाकले समर्थन गर्नुभयो ।’
तर ओलम्पिक स्थगित भएको बारे आईओसीको औपचारिक निर्णय आउन बाँकी छ । प्रतियोगिता आगामी जुलाईमा शुरु हुँदै थियो ।
ओलम्पिक इतिहासमै प्रतियोगिताका स्थगित भएको यो दोस्रो पटक हो । यसअघि दोस्रो विश्वयुद्धको समयमा सन् १९४० को ओलम्पिक स्थगित भएको थियो ।