ओली र मोदीबीच टेलिफोन वार्ता,रोकिएका सीमाका नागरिकको हेरचाह गर्न आग्रह

२८ चैत्र काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन्। कुराकानीमा महाकारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको छ । 

कुराकानीमा सीमामा रहेका नागरिकलाई हेरचाह गर्ने र आपूर्ति व्यवस्ता सहज र सुचार बनाउने विषयमा कुरा भएको छ।

ओलीले शुक्रबार बिहान मोदीसँग कुरा गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्,‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

उनले भारतीय प्रधानमन्त्री मोदीसँग आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् ।

यता भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्बाद भएको जानकारी गराउँदै कोभिड-१९ को अहिलेको अवस्थाका विषयमा छलफल भएको जनाएका छन्।