चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ एजुकेशन’ सुरु गरिने
चिनियाँ सरकारले घट्दो जन्मदरकोे समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ ।
यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ ।
चिनमा ज्येष्ठ नागरिकको संख्या बढी छ । अहिले धेरै युवाहरु रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेका छन् । यस्तो अवस्थामा कलेज र युनिभर्सिटीले विवाह र प्रेम शिक्षाको पाठ्यक्रम उपलब्ध गराउने प्रयासको उद्देश्य राखेको हो ।
चेङकाइ युनिभर्सिटीका प्रोफेसर चि युयान ही भन्छन, ‘यो जरूरी भइसकेको थियो, सरकारले यसबारेमा थप निर्णय लिनु पर्छ । लभ र रोमान्सवाट भागिरहेका चिनियाँहरूलाइ अब त्यसमा सामेल गर्नु पर्छ ।’
केही समय अगाडि एउटा सर्वेक्षण गरिएको थियो, जसले लगभग ५७ प्रतिशत कलेज विद्यार्थीहरू रोमान्टिक सम्बन्धमा संलग्न हुन चाहँदैनन् भन्ने कुरा पत्ता लगाएको थियो। यसको सबैभन्दा ठूलो कारण शैक्षिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई सन्तुलनमा राख्न कठिनाइको सामना गर्नु हो।
केही दिन अघि एउटा क्यामेरा उत्पादक कम्पनीले अफिसमा रोमान्स गर्ने कर्मचारीलाइ नगद उपहारको घोषणा गरेको थियो । रोमान्स गरेमा २ हजार युयान र रोमान्स पछि बिबाह गरेमा १ हजार र सन्तान जन्माएमा ५ हजार युयान उपहार दिने घोषणा गरेको थियो । अहिले चीनमा रोमान्स गर्नेका लागि निजी कम्पनिहरूले धेरै अफर दिइरहेको समाचार पढन पाइन्छ ।
यस्तो अवस्थामा सरकारले पनि कक्षा कोठामा ‘लभ र रोमान्स’ बारे पढाउने नीति लिएको हो ।



