संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो।

लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ।

अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भए पनि सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिए।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उनको भनाइ छ।