विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा

विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा

विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रा.लि.ले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो ।

ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् ।
शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिएका छन् ।

 

सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे ।

उनले भने,‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने । मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु ।’ सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए ।

 

ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरु मध्ये कोर सिटी भित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारी समेत गरिरहेको उनले बताए ।

नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।

साईमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।