यूएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम

यूएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स ९यूएई० जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए । उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए।

यूएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने मन्त्रालयले जनाएको छ । यसअघि यूएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ ।

यूएईको एक हजार दिराम भनेको नेपाली भन्डै ३७ हजार रुपैयाँ हुन्छ ।