सन् २०३२ सम्म स्वास्थ्य बीमा बजार ४.४५ ट्रिलियन डलर पुग्ने

सन् २०३२ सम्म स्वास्थ्य बीमा बजार ४.४५ ट्रिलियन डलर पुग्ने

स्वास्थ्य बीमा बजारको विश्वव्यापी आकार सन् २०३२ सम्म दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ। फर्च्युन बिजनेस इन्साइट्स ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार हाल २.१४ ट्रिलियन डलरको रहेको यो बजार आठ वर्षभित्र ४.४५ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको हो।

सन् २०२५ देखि २०३२ सम्मको अवधिमा विश्व स्वास्थ्य बीमा बजार वार्षिक औसत ९.७ प्रतिशत दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ। यस अवधिमा एसिया–प्रशान्त क्षेत्र सबैभन्दा तीव्र वृद्धिदर देखाउने क्षेत्र हुने बताइएको छ।

विशेषगरी चीन, भारत र दक्षिण कोरिया मा जनसंख्या वृद्धिसँगै उपचार खर्च बढ्नु, प्रविधिको प्रयोग वृद्धि हुनु र बीमा सेवाको पहुँच विस्तार हुनुजस्ता कारणले स्वास्थ्य बीमाको माग तीव्रगतिमा बढ्दै गएको छ।

यद्यपि, बीएमजे ग्लोबल हेल्थ का अनुसार न्यून र न्यून–मध्य आय भएका देशहरूमा अझै पनि स्वास्थ्य बीमाको पहुँच न्यून छ। तथ्यांकअनुसार, न्यून आय भएका देशहरूमा मात्र ७.९% र न्यून–मध्य आय भएका देशहरूमा २७.३% जनसंख्यामात्रै स्वास्थ्य बीमाको दायरामा छन्।