मागमा कमी भएपछि ओपेक र सहयोगी संस्था तेल उत्पादन कटौती गर्न सहमत

०१ बैशाख, काठमाण्डौ –
तेल उपादक देशहरुको सङ्गठन ‘अर्गनाइजेशन अफ् द पेट्रोलियम एक्सपोर्टिग कन्ट्रिज’ (ओपेक) र सहयोगी संस्थाबीच तेलको उत्पादन कटौती गर्ने सहमति भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिनका लागि विश्व अधिकांस देशमा लकडाउन बढ्दा तेलको मागमा कमी आएपछि ओपेक १० प्रतिशत तेलको उत्पादन कटौती गर्न सहमत भएको हो ।


ओपेक र तेल उत्पादक संस्थाबीच गएको अप्रिल महिनाको ९ तारिखमा नै कटौतीलाई लिएर सम्झौता हुने तय भएको थियो तर मेक्सिकोले विरोध गर्दै गर्दा उत्त कार्य रोकिएको थियो । तर पछिल्लो समय बजारमा मागमा ब्यापक कमी आएपछि उत्पादन कटौती गरिएको हो ।
तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो । ओपेकले तेल कटौतीसम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।


योसँगै नियमितभन्दा अब दैनिक ९ दशमलव ७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कुवेतका ऊर्जा मन्त्री डाक्टर खालिद अली मोहम्मद अल फादेलले ट्वीट गरेर सम्झौताको जानकारी दिएको वीवीसीले उल्लेख गरेको छ ।