बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी सहभागी हुन पाउने छन् ।

राष्ट्र बैंकले यसको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गर्ने जनाएको छ ।