जाने हैन त जाडो मौसममा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन सेन्टर ?
जाडो मौसममा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन सेन्टर काठमाडौँको बौद्धमा स्थापना भएको छ।
उद्यमी भुवनराज लामिछानेले करिब नौ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको रिफ्रेस रिक्रिएसन सेन्टरमा जाडो मौसममा समेत स्विमिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यो इन्डोर हिटेड स्विमिङ पूलमा नेपालमा पहिलोपटक अत्याधुनिक शैलीको फिल्टर मशिनबाट हरेक २४ घण्टामा पानी फिल्टर गरेर पानीलाई स्वच्छ तथा स्वस्थ्यवर्द्धक बनाइने व्यवस्था छ ।
रिफ्रेस रिक्रिएसन सेन्टरमा रहेको स्विमिङ पूलमार्फत उद्यमी लामिछानेले ‘लाइफ सेभिङ स्किल’को अभियानसमेत घोषणा गरेका छन् ।
गत वैशाखदेखि सञ्चालनमा आएको सेन्टर परिसरमा हालै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले पौडी खेल्न नजानेका कारण विश्वमा बर्सेनि हजारौं मानिसको ज्यान जाने आँकडा प्रस्तुत गरेका थिए ।
नेपालमा समेत यही वर्ष बाढीका कारण सयौं मानिसहरूले ज्यान गुमाउने परेको, दर्जनौं जना अझै बेपत्ता रहेको जानकारी दिँदै लामिछानेले सेन्टरमा रहेको सुविधा सम्पन्न स्विमिङ पूलमा पौडी खेल्न नजान्नेहरूलाई दक्ष प्रशिक्षकद्वारा पौडी खेल्न सिकाइने सुविधा रहेको समेत बताए ।
रिफ्रेस रिक्रिएसन सेन्टरमा सुविधा सम्पन्न इन्डोर स्विमिङ पूलमात्र छैन । रिफ्रेस रिक्रिएसन सेन्टरमा बजारमा उपलब्ध सबैभन्दा अत्याधुनिक उपकरणसहितको जीमखाना, काडिर्योदेखि साउना र ज्याकुजीको समेत सेवा उपलब्ध छ ।



