भ्रष्टाचार मुद्दा दायर गरेपनि कसरी जोगिए अर्का पूर्व प्रबन्ध संचालक डिल्लीराम अधिकारी ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसै हप्ता नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेपनि अर्का पूर्व प्रबन्ध संचालक डिल्लीराम अधिकारी जोगिएका छन् ।
डिल्लीराम अधिकारीका पालामा एशिया इन्फोले दिएको टेलिकमलाई बिलिङको ठेक्कामा ५ प्रतिशत छुट दिएको थियो । तर सुनिल पौडेल र संगीता पहाडी आएपछि पाउँदैआएको छुट समेत एशिया इन्फोले नदिई त्यसबापत समेत कमिसन दिएको पाइएको थियो । त्यहीकारण उनी बिलिङ ठेक्काको म्यादथप प्रकरणमा जोगिन सफल भएका छन् ।
बिलिङ म्यादथपमा समेत अधिकारी उत्तिकै जिम्मेवार भएपनि उनलाई जोगाउनुलाई आश्चर्य मानिएको छ । त्यसो त अधिकारीका पालामा खरिद गरिएको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन नसकेकाले यसमा उनी सिधै जेल जानसक्ने टेलिकम स्रोत बताउँछ ।
बिलिङ ठेक्कामा जोगिएका पूर्वएमडी डिल्लीराम अधिकारीले अन्तर्राष्ट्रिय ब्यापार महाशाखाको ३ बर्ष प्रमुख हुँदा जापानको टेलिकम कम्पनी ओसन टेक्नोलोजी लिमिटेड जापानसँग अन्तर्राष्ट्रिय आगमन कलको आम्दानीमा नेपाललाई नोक्सान पारी आफ्नी श्रीमती इन्दू ढकालको नाममा मासिक ३ लाख हिमालयन बैंकमा जम्मा गर्न लगाएको प्रमाण नै सार्वजनिक भइसकेको छ । अमेरिकी डलरमा उनकी श्रीमतीका नाममा ओसन टेक्नोलोजीबाट घुस प्राप्त हुँदैआएको तथ्यसमेत आइसकेको छ ।
यसरी टेलिकमलाई घाटा पारेको भौचरसहितको विवरणको उजुरी परेपछि अख्तियारले डिल्लीराम र उनकी श्रीमती इन्दू ढकालको नाममा रहेका बिभिन्न बैंकका खाता बिबरण माग गरेको थियो भने हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुनसक्नेतर्फ पनि अनुसन्धान गरेको थियो । अधिकारी टेलिकमको एमडी हुँदा खरिद गरिएको ६५ करोडको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन सकेको छैन । अधिकारी एमडी हुँदा २०७७ मा ३० करोड रुपैयाँको डिजिटल भुक्तानी प्रणाली ‘नमस्ते पे’ सुरु गरिए पनि उक्त परियोजना असफल भएको छ ।
त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ । एनसेलले ६ अर्बमा सम्पन्न गरेको फोरजीको ठेक्का टेलिकमले १८ अर्बमा हुवावेलाई दिएको थियो । एनसेलको उही सेवा ६ अर्बमा सम्पन्न गरेको हुवावेले १ बर्षपछि टेलिकमको फोरजी सेवा १८ अर्बमा सेटिङमा लिएको थियो । जसमा न्यूनतम पनि ८ अर्ब घोटाला गरेको आरोप डिल्लीराममाथि लागेको छ ।
स्मल सेल र नमस्ते पे प्रोजेक्टमा टेलिकमलाई ९५ करोड नोक्सान पारेको उजुरी अख्तियारमा परेको छ । तर त्यो उजुरीमा छानबिनमा भने बिलम्ब हुँदैआएकोछ । उनले राम थापामार्फत् त्यो उजुरी मिलाउन खोजेको आरोप छ । त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ । यस मुद्धामा एमालेका केही नेता जोडिएपछि यो मुद्धापनि छनविन गर्ने भन्दै समय सारिदै आएको पाइएको छ ।



