“टिकटकको लिप्सिङलाई अभिनय भन्न मिल्दैन”
नायिका गरिमा शर्माले टिकटकमा भिडियो बनाएकोलाई अभिनय भन्न नमिल्ने बताएकी छन् । टिकटकका भिडियोमा लिप्सिङ गरेकै भरमा त्यसलाई अभिनय भन्न नहुने उनको बुझाइ छ ।
“टिकटकमा त लिप्सिङ हुन्छ । अरूको गीत वा भ्वाइसमा लिप्सिङ गर्ने हो । त्यसलाई अभिनय भनिँदैन जस्तो लाग्छ,” आइतबार चलचित्र जन्ते बाख्रो निर्माणपक्षले गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, “टिकटकले पहिचान दिन्छ । अभिनय गर्न सिकाउँछ भन्ने लाग्दैन ।”
आफूले पहिचान अर्थात् नोटिस हुनकै लागि टिकटक बनाउने गरेको गरिमाको भनाइ छ । आफूलाई अभिनय गर्ने रहर भएकैले नोटिस हुनका लागि गीतमा लिप्सिङ गरेर भिडियो बनाउने गरेको उनले सुनाइन् । त्यसैले लिप्सिङलाई अभिनय हो भन्न उनी तयार छैनन् ।



